महिनावारीका बेला महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्न नपर्ने, ट्राफिक नियम उल्लंघन गर्नेले स्वयंसेवकको रुपमा सघाउने

काठमाडौं । महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले सडकमा ड्युटी गर्न नपर्ने भएको छ ।

गृहमन्त्री रवि लामिछानेले सामाजिक सन्जालमार्फत् गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै महिला ट्राफिक प्रहरीहरुले महिनावारी भएको बेला ४ दिन सडकमा ड्युटी गर्न नपर्ने जानकारी गराएका हुन् ।

गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरुको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने बताएका छन् ।

गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स