भोलि सार्वजनिक बिदा

काठमाडों । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

२३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।

भोलि सार्वजनिक बिदा भएसँगै सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्र, सेयर बजार, शिक्षण संस्थाहरू बन्द रहनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स