७८ खर्ब ८१ अर्बको लेखापरीक्षण गर्दा ९५ अर्बको बेरुजु : महालेखा प्रतिवेदन (पूर्ण पाठ)

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले तयार गरेको ६१ औैं प्रतिवेदनले ७८ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको लेखा परीक्षण गर्दा ९५ अर्ब रुपैयाँको बेरुजु देखाएको छ ।

आज सार्वजनिक भएको प्रतिवेदन अनुसार गत वर्षसम्मको कारोवारमा यो वर्ष संघीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था समिति र अन्य संस्थासमेत यस वर्ष ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण सम्पन्न भएको हो ।

सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट ९५ अर्ब ६० करोड बेरुजु देखिएको छ । सोमध्ये ३ हजार २७७ संघीय सरकारी निकाय तथा कार्यालयको रू.२४ खर्ब ६१ अर्ब ११ करोडको लेखापरीक्षणबाट ४६ अर्ब ५४ करोड (१.८९ प्रतिशत) र प्रदेश निकाय तथा कार्यालय १ हजार २७० को रू ३ खर्ब २३ अर्ब ३४ करोडको लेखापरीक्षणबाट ६ अर्ब ५७ करोड (२.०३ प्रतिशत), को लेखा परिक्षण भएको छ ।

२१७ समिति तथा अन्य संस्थाको २ खर्ब ९६ अर्ब ८५ करोडको लेखापरीक्षणबाट २ अर्ब ३३ करोड (०.७८ प्रतिशत) र ७४८ स्थानीय तह ( बक्यौता २ समेत को ११ खर्ब ३९ अर्ब १९ करोडको लेखापरीक्षणबाट ३१ अर्ब १ करोड (२.७२ प्रतिशत) बेरुजु कायम भएको छ ।

यस्तै ९३ सार्वजनिक संस्थाको ३६ खर्ब ६१ अर्ब ११ करोडको लेखापरीक्षणबाट ९ अर्ब १५ करोड (०.२५ प्रतिशत) बेरुजु कायम भएको प्रतिवेदनमा बताइएको छ । सोको अतिरिक्त सङ्गठित संस्थाको लेखापरीक्षणक नियुक्तिको लागि परामर्श उपलब्ध गराइएका ४२ संस्थाको १४ खर्ब ८८ अर्ब ५६ करोडको लेखापरीक्षण गरिएको छ ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/05/mahalekha.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स