नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र थापालाई नियुक्त गरिएको छ ।
नेपाल पुनर्बीमा कम्पनी सञ्चालक समितिको बैठकले सुरेन्द्र थापालाई चार बर्षका कार्यकालको लागि सीईओमा नियुक्त गरेको हो ।
आवेदन माग गरेर पाँचजनाको नाम छनौट गरिएको थियो । त्यस मध्येबाट थापाको नाम छनौट गरिएको हो ।
५ जनामा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्कीमध्ये बाट थापालाई बोर्डले सीईओ पदको लागि नियुक्त गरेको हो ।