काठमाडौं । आजदेखि लागु हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकिएको छ ।
नेपाल लेयर कुखुरापालक संघको शनिबार बसेको बैठकले चितवनलाई आधार मानी नयाँ समर्थन मूल्य तोकेको हो ।
जसअनुसार आज जेठ १३ गतेबाट मिडियम साइजको अण्डा प्रतिक्रेट ४६५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४८० रुपैयाँ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५ सय रुपैयाँ पर्ने संघले जनाएको छ ।