आजदेखि काठमाडौंका यी स्थानमा पाँच दिनसम्म दैनिक चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । आजदेखि काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै आजदेखि पाँच दिन दैनिक चार घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले आज जेठ १३ गतेदेखि जेठ १८ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स