बजेट सार्वजनिक सहज पार्न प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाडौं । बजेट सार्वजनिक गर्न दुई दिन मात्रै बाँकी रहेको छ । संबैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

तर नेपाली कांग्रेसले संसदमा संसद बैठकको अवरुद्ध गर्ने प्रयास गरिरहेको छ । बजेट सार्वजनिक गर्ने कार्यक्रमलाई सहज पार्न अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच देउवा निवास बुढानीलकण्ठमा छलफल भैरहेको छ ।

कांग्रेसले गृहमन्त्री जोडिएको सहकारीको समस्यामा संसदीय छानबिन गर्न माग गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स