पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडादर पनि बढ्यो, कहाँ जान कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले पनि हवाई भाडादर बढाएको छ ।आयाल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले ४४० रुपैयाँसम्म भाडा बढाएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत बढेको शूल्कलाई स्वीकृत गरेको छ ।

अबदेखि काठमाडौं-धनगढी उड्ने यात्रुले सबैभन्दा बढी ४४० रुपैयाँ तिर्नु पर्नेछ भने सबैभन्दा कम काठमाडौं-सिमारा रुटमा ९५ रुपैयाँ वृद्धि गरिएको छ ।

त्यस्तै, काठमाडौंबाट पर्वतीय उडानमा अब साविकको तुलनामा ३४५ रुपैयाँले भाडा बढेको छ भने भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ रुपैयाँ तोकिएको छ ।

नेपालगञ्जमा ३३०, तुम्लिङटारमा १८५, सुर्खेतमा ३४५ र राजविराजमा २०५ रुपैयाँ वृद्धि गरिएको छ ।

यस्तै, पोखरा-भरतपुरमा ११०, पोखरा-भैरहवामा १३०, पोखरा-सिमरामा २२०, पोखरा-नेपालगञ्जमा २३५, पोखरा-विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब ३१५ रुपैयाँ बढी लाग्ने छ।

विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । भरतपुर-भैरहवा रुटमा १३५ रुपैयाँ इन्धन चार्ज बढेको संघले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स