काठमाडौं । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
टी-२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।
उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफुलाई अमेरिकी दूतावासले भिसा नदिएको बताएका हुन् ।
उनले भिसा नपाएकोमा दुःख व्यक्त गर्दै नेपाली क्रिकेटप्रेमीसँग माफी मागेका छन्।