शिक्षामन्त्री सुमनाको काभ्रेमा ८ रोपनी ६ आना जग्गा, १११ तोला गहना, नगद कति ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सम्पति विवरण सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको विवरण अनुसार शिक्षामन्त्री सुमनासँग ६ करोड ४५ लाख ५४ हजार रुपैयाँ रहेको उल्लेख छ ।

श्रेष्ठसँग एनआईसी एसिया बैंकको खातामा १ करोड १५ लाख रुपैयाँ, एभरेष्ट बैंकमा ३७ लाख रुपैयाँ रहेको छ। उक्त रकम आफ्नो पारिश्रमिक रहेको विवरणमा उल्लेख छ ।

श्रेष्ठले आफ्नो पारिश्रमिक रकमबाट काभ्रेको रियालेमा ९ लाख ९५ हजार रुपैयाँमा ८ रोपनी ६ आना ३० दाम जग्गा खरिद गरेको उल्लेख छ ।

उनका श्रीमान पोल्याण्डका नागरिक पावल स्वविन्स्कीको नाममा एक विदेशी बैंकमा १ लाख ८९ हजार ७०० डलर रहेको छ जसको नेपाली रुपैयाँमा रुपान्तरण गर्दा २ करोड ४१ लाख रुपैयाँ हुन आउँछ ।

उनकै श्रीमानको नाममा पोल्याण्डको मुद्रा पनि १ लाख ८० हजार रुपैयाँ छ । जसको नेपाली रुपान्तरण गर्दा ६१ लाख ३२ हजार रुपैयाँ हुन्छ । यो विदेशी मुद्रा श्रीमानको परिवारले दिएको सुमनाले खुलाएकी छन् ।

श्रेष्ठसँग ११ तोलाको सुनको गरगहना रहेको विवरणमा छ । ११ तोला सुनमध्ये बिहेमा उपहार स्वरुप १० तोला र १ तोला हजुरआमाको शेषपछि प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ । विवाहमा उपहार पाएको १ सय तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप रहेको विवरण उल्लेख छ ।

मन्त्री श्रेष्ठसँग नबिल बैंकमा ७४९ कित्ता सेयर रहेको छ ।

सवारी साधनको नाममा २० लाख पर्ने १ थान चारपाग्रे र १ लाख ८५ हजार मूल्य पर्ने १ थान स्कुटर रहेको सम्पति विवरणमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स