अर्थमन्त्री पुनको बैंक खातामा ३३ लाख ७० हजार, रोल्पामा पैतृक घर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

सम्पत्ति विवरण अनुसार अर्थमन्त्री पुनसँग एनएमबी बैंक ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ । उक्त रकम प्राप्तिको स्रोत तलब भत्ता, भ्रमण भत्ताबाट प्राप्त गरेको विवरणमा उल्लेख छ ।

मन्त्री पुनको रोल्पा नगरपालिका ७ मा ८२० वर्ग मिटरमा फेलिएको घर रहेको र उक्त घर पैतृक रुपमा प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ ।

मन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सावरी साधन रहेको छ । उक्त साधन पार्टीको सम्पत्ति भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स