प्रधानमन्त्री प्रचण्डको सम्पत्ति १५ कठ्ठा जमिन, बैंक ब्यालेन्स र सुन कति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री दाहालको नाममा अचल सम्पत्तिको रुपमा दीवंगत श्रीमती सीता दाहालको नाममा भरतपुर महानगरपालिकामा १५ कठ्ठा पार्किङसहित जग्गार घर रहेको छ । उक्त जमिन पैतृक भएको विवरणमा उल्लेख गरिएको छ।

भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको छ । उक्त जमिन अंशबाट प्राप्त भएको विवरणमा उल्लेख छ ।

दाहालको नाममा चल सम्पत्तिको रुपमा एभरेस्ट बैंकमा २५ लाख रुपैयाँ साथै पाँच तोला सुन रहेको विवरणमा उल्लेख छ।

प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन नरहेको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स