काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।
आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको उल्लेख गरेको छ ।
उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो ।