नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रदेश सांसद धाइते, नर्भिकमा उपचार हुँदै

काठमाडौं । नेपाली कांग्रेसनिकट जनजाती महासंघको प्रथम जिल्ला अधिवेशनमा आ–आफ्नै कार्यकर्ताबीच कुटाकुट भएको छ । शनिबार दिउँसो रामेछापको खाँडादेवी गाउँपालिका–८ स्थित गाल्बा बजारमा भएको अधिवेशनको उद्घाटन सत्रमा आ–आफ्नै कार्यकर्ताबीच झडप हुँदा अवस्था असामान्य बन्न पुगेको हो ।

सामान्य आसनग्रहणको विषयमा झडप सुरु भइ कुटपिटसम्म पुगेको हो। झगडाले उग्र रुप लिँदा प्रदेश सभा सदस्य उम्मेदवार समेतरहेका जितबहादुर मगर र बेनबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीपकुमार सिंहले जाानकारी दिएका छन् ।

उनीहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौं उपचारका लागि ल्याइएको र अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स