राष्ट्र बैंकले समिक्षा मार्फत लियो कर्जा प्रवाह बढाएर अर्थतन्त्र चलायमान बनाउने नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गरेको छ । आजको समिक्षामा संशोधन भएको मौद्रिक व्यवस्थाले केहि हदसम्म कर्जा बढाउने देखिएको हो ।

कर्जा बढाएर अर्थतन्त्र लमायमान बनाउन खेजिएको आजको समिक्षाले देखाएको छ । समीक्षा अनुसारको सर्कुलर आउन त बाँकी नै छ तर केहि बुँदाहरुले भने तत्काल कर्जा बढ्ने क्षेत्रलाई राष्ट्र बैंकले केन्द्रित गरेको देखिएको हो ।

राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने उल्लेख छ। यसमा कस्तो व्यवस्था आउने छ त्यो सर्कुलरले देखाउने छ ।

पछिल्लो समय धेरै बैंकको पुँजी कोष टाइट हुँदा कर्जा विस्तार गर्न बैंकहरु नै नसक्ने अवस्थामा थिए त्यस्तलाई राष्ट्र बैंकले सम्बोधन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने बताएको छ । अब केहि दिनमा नै नयाँ व्यस्था जारी गर्ने राष्ट्र बैंकको संकेत छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको छ । यो अटो व्यपारीको माग बमोजिम नै भएको छ । गाडी कर्जा बढाउने देखिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ यसमा समेत लचक नीति लिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ ।

घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ । घर जग्गा कर्जा लिनेलाई स्वत लाभ हुने भएको छ ।

राष्ट्र बैंकको संशोधित यी व्यवस्थाहरु हेर्दा तत्काल कर्जा भैहाल्ने नीतिहरुलाई राष्ट्र बैंकले केन्द्रित गरेको देखिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स