काठमाडौं । नेपालका निजी क्षेत्रले पनि पूर्वाधारका परियोजनाहरु तयार गर्न सक्छन् भन्ने विश्वास नेपालका उर्जा उत्पादकहरुले दिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को साधारण सभामा बोल्दै निजी क्षेत्रका उर्जा उत्पादकहरु सक्षम र सफल देखिएको बताए ।
उर्जा उत्पादकहरुसँग बैंकहरुले सहकार्य गर्न पाउँदा धन्यको पात्र भएको बताए । लगानीको हिसावमा सहकार्य भएको छ । त्यो सफल छ । यस्तो सहकार्यको लागि बैंकहरु पनि भाग्यको कुरा ठानेको उनको संकेत थियो ।