इप्पानले माग्यो क्यू ४० को सट्टा क्यू २५ बनाउने नीति

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था –इप्पान) ले आज आज आफ्नो २२ औं साधारण सभामा को अवसरमा आगामी उर्जा नीति संशोधनको माग गरेको छ । आगामी वर्षमा विद्युत विकास मोडालिटी परिवत गर्ने व्यवस्था राख्न भनेको हो ।

साधारण सभामा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले हाल कायम गरेको क्यू ४० को व्यवस्थालाई घटाएर क्यू २५ बनाउने प्रक्रिया अघि बढाएको छ । यो सकारात्मक रहेको बताए । उनले भने, ‘हाल जल तथा ऊर्जा आयोगले गरेको अध्ययनले ४८ हजार मेगावाट जलाशययुक्त आयोजनासहित १ लाख २० हजार मेगावाट नेपालको उत्पादन क्षमता रहेको देखाएकोमा क्यू २५ मा झार्ने हो भने दुई लाख मेगावाटभन्दा बढी नेपालको उत्पादन क्षमता हुन्छ । प्रक्रिया अघि बढाएपनि यसबारे निर्णय हुन सकेको छैन । यसका लागि समेत विशेष आग्रह छ।’

त्यस्तै गरि भूकम्प, आर्थिक मन्दी, समयमै विष्फोटक पदार्थ उपलब्ध नहुनु, बैकको तरलता लगायतका कारणले ऊर्जा आयोजनाहरुले समयमै आयोजना सम्पन्न गर्न कठिन भएपछि ती आयोजनाहरुको व्यापारिक उत्पादन मिति र उत्पादन अनुमतिपत्रको म्याद थपका लागि इप्पाले माग गरेको छ । अध्यक्ष कार्कीले ले भने ,‘यसमा पनि ऊर्जा मन्त्रीदेखि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पनि सकारात्मक हुनुहुन्छ । आगामी हप्ता निर्णय हुन्छ भनेर भने पनि धेरै समय भैसक्दा पनि निर्णय हुन सकेको छैन, प्रधानमन्त्रीमार्फत यसका लागि विशेष पहल गर्न हामी अनुरोध गर्दछौ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स