कामपाका मेयर बालेन र नगर प्रहरी प्रमुख पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मेयर शाह र पाण्डेविरुद्ध जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दायर भएको हो ।

प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर शाह, नगर प्रहरी प्रमुख शाह र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध बिहीबार काठमाडौं जिल्ला अदालतमा कुटपिट र लुटपाटको फिराद दर्ता गराएका हुन् ।

पोखरेलले उनीहरुलाई कुटपिटबापत मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गरेका छन् ।

त्यस्तै लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरेको जनाइएको छ ।

काठमाडौं महानगरपालिकाले सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट भएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको भन्दै प्रधान सम्पादक पोखरेलले अदालतमा निवेदन दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स