काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बिहीबार, नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ अंक विन्दुमा आइपुगेको छ ।
आज ८२ लाख ८२ हजार कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४३ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, पोखरा फाइनान्सको ११ करोड ८७ लाख, पिपल्स् पावरको ७ करोड ७२ लाख, हिमालयन लघुवित्तको ७ करोड २८ लाख, जीवन विकास लघुवित्तको ७ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।