काठमाडौं । पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँले घटेको छ । आज नेपाल आयल निगमले नयाँ मूल्यसूची पठाउँदै पेट्रोलको भाउ घटाएको हो । नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ पर्ने भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
त्यसरी नै डिजेलको मूल्य प्रतिलिटरमा ५ रुपैयाँ ०९ पैसाले घटेको छ । सो मूल्य अनुसार डिजलेको मूल्य १५४ रुपैयाँ रहेको छ ।
[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/05/21.pdf” cache=”off”]