दोस्रो चरणको आर्थिक सुधार खोज्दै सरकार, योजना कोर्न विज्ञलाई दिइयो जिम्मेवारी

काठमाडौं । सरकारले दोस्रो चरणको आर्थिक सुधार योजना अघि सारेको छ । आर्थिक क्षेत्रका क्षेत्रगत समस्याहरु खोजि गर्दै सुधारको कार्यक्रम तय गर्न लागेको हो ।

यसको योजना बनाउने जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिइएको छ । योजना आयोगका एक अधिकारीका अनुसार यस आयोगले समन्वय गर्ने गरि विज्ञहरुको सुझाव लिने छ ।

विशेष गरि क्षेत्रगत रुपमा पोख्त विज्ञहरुलाई हालको समस्या समाधानको उपाय सहित सुधार गर्ने कार्यक्रमहरुको खाका कोर्न लगाइने छ । विज्ञहरुको खाकालाई राष्ट्रिय योजना आयोगले संकलन गर्ने छ । आयोगले अन्तिम रुप दिइको सुधारको योजनाहरु कार्यान्वयनको लागि सम्बन्धीत निकायमा पठाइने छ ।

कस्ता सुधारका कार्याक्रम तय हुँदै छन् ?
राष्ट्रिय योजना आयोगका अनुसार अर्थतन्त्र सुधारको लागि विभिन्न सुधारका कार्यक्रमहरु लागु भैसकको अवस्था छ । अब दोस्रो चरणको सुधारको योजना तय गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सोहि अनुसार नयाँ कार्यक्रमको तय भएको हो । तर अब भने समस्या पहिचान गरेर समाधानको उपाय सहित सरकार अघि बढ्ने छ ।

कसरी कोरिदै छ खाका
योजना आयोगका अनुसार क्षेत्रगत आधारमा कार्यानुभव भएकाहरुलाई नै समस्या र समाधानको उपाय पहिचान गर्न लगाइएको छ । जस्तो गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव भैरहेका गोपीनाथ मैनालीलाईसहकार्री क्षेत्रको खाका कोर्ने जिम्मेवारी दिईएको छ । त्यस्तै गरि राष्ट्रिय पुनिर्माण प्रधाधिकरणका सिईओ तथा राष्ट्रिय योजना आयोगका उपध्याक्ष भैसकेका गोविन्दराज पोखरेललाई पूर्वधारको जिम्मेवारी प्रधान गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स