कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक बन्दै, आए प्रधानमन्त्री कार्यालय

काठमाडौं । सहसचिव कमलप्रसाद भट्टराई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागको नेतृत्व दिन चाहेको बुझिएको छ । उक्त विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत छ । विभागमा अहिले पुष्पराज शाही महानिर्देशक रहेका छन् ।

सम्पत्ति शुद्धीकरण विभागमा नयाँ नेतृत्व खोजिदै, कसको छ चाहना ?

भट्टराईले महानिर्देशक बन्न लामो समयदेखि रुचि देखाउँदै आएइरहेका छन् । भट्टराईले अघि हङकङको महावाणिज्यदूत , भन्सार विभागको महानिर्देशक जस्तो महत्वपूर्ण पदको जिम्मेवारी पुरा गरिसकेका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स