काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी ६४ करोड २५ लाख रुपैयाँ घाटामा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले २७ करोड ५७ लाख रुपैयाँ कुल नाफा गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.७६ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ६५ करोड २७ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.६९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ८९.६३ प्रतिशत घटेको छ।
चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा २२ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ५ अर्ब ५० करोड ६१ लाख रुपैयाँ सञ्चित छ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ २२०.५५ रुपैयाँ रहेको छ।