एशियन लाइफ इन्स्योरेन्सको नाफा ६९ करोड रुपैयाँ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ६९ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत आवको तुलनामा चालु आवमा कम्पनीको नाफा २५४.९२ प्रतिशतले बढेको छ ।

३ अर्ब १५ करोड सेयर पुँजी भएको कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महाविपत्ति कोषमा २६ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आवको तुलनामा महाविपत्ति कोषको आकार ३५.५६ प्रतिशत बढेको हो । यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ९२ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङको आकार २०१.०८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कम्पनीको जीवन बीमाकोषमा ३४ अर्ब ९८ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार १७.३० प्रतिशतले वृद्धि भई ४१ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.३९ प्रतिशतले भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ६१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १०.४९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म कम्पनीले ५० करोड ११ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५२ करोड १७ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २९.२० रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यी अवधिसम्म ईपीएस ८.२३ रुपैयाँ थियो। पीई रेसियो १९.१९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.१९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स