राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा. नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा. नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी दिएको हो ।

‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पु¥याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स