गगन थापाले संसदमा भने ‘झुट बोल्ने, महान्यायाधिवक्ताको कार्यालयको दुरुपयोग गर्ने ?’

काठमाडौं । आजदेखि आगामी आवको बजेट अधिवेशन भएको छ । सहकारीको ठगीका सम्बन्धमा सदनमा चर्काचर्की भएको छ । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो भनाइ राखेपछि सदन अवरुद्ध भएको छ । आफ्नो भनाइ राख्ने क्रममा नेता थापाले सदमा सहकारी ठगीको सम्बन्धमा सरकारले छानबिन समिति बनाओस् भनेर माग गरेका छन् ।

समिति बनाउँदै गर्दा उनले भने ‘ढिकीजाँतो तपाइँहरूकै हातमा छ, तथ्य हामीले बनाउने हैन होला । त्यो समितिमा एमाले बस्ने होला । माओवादी बस्ने होला । रास्वपा बस्ने होला । सबै बस्ने होला । समिति बनाएर छानबिन गरिदिए त आहा कति आनन्द हुन्थ्यो । सबैले थाहा पाउँथे । किन डराएको, किन भागेको रु कहिले प्रहरीलाई बोल्न लगाएको छ । कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । हुँदा हुँदा महान्यायाधिवक्ता त झुक्दा झुक्दा लम्पसार नै परिसक्नुभयो । किन आत्तिएको रु के ल्याउने हो र रु के बनाउने हो र रु यदि गल्ती गरेको छैन भने ।

गृहमन्त्रीले सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँबाट आफैं लिखित माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौं रु एक अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण पेस गरौं रु कति प्रमाण पेस गरौं रु मैले पेस गर्ने यी प्रमाणहरु गलत हुन् भनी संसदीय छानबिन समितिबाट सावित गरिदिए आहा १ कति राम्रो हुन्छ ।

आज सदनको बैठक प्रारम्भ भएको दिन । सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको तर्फबाट आज यहाँ उभिएर पार्टीको तर्फबाट डढेलो नियन्त्रणको विषयमा बोल्न चाहन्थेँ, सरकारको हेलिकोप्टर किन्ने योजना कहाँ पुग्यो भनेर सोध्न चाहन्थेँ । बाढीपहिरो नियन्त्रणबारे सरकारको तयारीबारे सोध्न चाहन्थेँ । दलहरु उथलपुथल गरेर तोडफोड गर्ने कामहरु कति बाँकी छ भनेर सोध्न चाहन्थेँ । तर, यो सदनमा आज मलाई प्रश्नहरुको घाँटी निमोठ्ने काम भइरहेको अनुभूति भइरहेको छ ।

मलाई थाहा छ, मलाई जस्तै यहाँ थुप्रै माननीयहरुलाई पनि सोध्ने मन छ । किनकि हामी ती कुराहरु सोध्न र प्रश्नको उत्तर खोज्न यहाँ आएका हौं । मलई समय नदिए पनि केही छैन । मलाई निगाहाको समय चाहिँदैन । मलाई हकको समय चाहिन्छ । यहाँ उभिएर बोल्ने मेरो पनि हक छ । आज सभामुख महोदयलाई बुझाउनुपर्ने मसँग कम्तीमा पनि १५ वटा पत्र छन् । पत्र लेख्न मलाई पनि आउँछ । पत्र बुझाउन हामीलाई पनि आउँछ । यहाँ गृहमन्त्रीमाथि कुनै पनि अभियोजन भएको छैन, प्रमाण छैन भनेर सम्माननीय प्रधानमन्त्रीले त्यहाँ उभिएर बोल्नुभएको छ । झुट बोल्ने रु महान्यायाधिवक्ताको कार्यालयको दुरुपयोग गर्ने रु

प्रहरी कार्यालय रुपन्देहीले गरेको अनुसन्धान । अदालतमा भएका प्रमाणहरु पेस गरौं रु गृहमन्त्रीले सहकारीबाट ऋण लिएको छैन भनिएको ठाउँमा सहकारीबाट आफैं लिखित माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौँ रु एक अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण पेस गरौँ रु कति प्रमाण पेस गरौँ रु मैले पेस गर्ने यी प्रमाणहरु गलत हुन् भनी संसदीय छानबिन समितिबाट सावित गरिदिए आहा १ कति मजा आउँथ्यो होला १ गलत सावित गरिदिनुस् न मलाई । गलत सावित गरिदिनुस् न नेपाली कांग्रेसलाई ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स