नागरिक लगानी कोषको नाफा ८८ करोड २४ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैतमसान्तसम्म कम्पनीले ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १३.४३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ७७ करोड ७९ लाख खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १५.८१ प्रतिशतले बढेर ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष कम्पनीको ब्याज आम्दानी ३० करोड ५० लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कमिसनबाट हुने आम्दानी १ अर्ब ४ करोड पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ९३ करोड ५० लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ, जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी २४.४ रुपैयाँबाट घटेर २२.१४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १७१.४१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स