सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

बैठकले एआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई र भाषा आयोगको रिक्त सदस्य पदमा काठमाडौंका सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स