राष्ट्र बैंकले गर्यो ६ कार्यकारी निर्देशकको सरुवा, ‘पावरफूल’ विभाग रामु पौडेललाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । राष्ट्र बैंक आज वैशाख २६ गतेदेखि लागू हुने गरि ६ वटा विभागको कार्यकारी निर्देशकको सरुवा गरेको हो ।

बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभागमा सरुवा भएका छन् । वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल बैंक सुपरिवेक्षण विभागमा सरुवा भएका छन्।

मानव संशाधन विभागका प्रमुख मुकुन्द कुमार क्षेत्री सूचना प्रविधि विभागमा सरुवा हुँदा सूचना प्रविधि विभागका प्रमुख नरेश शाक्य मानव संशाधनमा गएका छन् ।

लघुवित्त सुपरिवेक्षण विभागमा रहेका रेवती प्रसाद नेपाल आन्तरिक लेखा विभागमा सरुवा भएका छन् भने आन्तरिक लेखा विभागका प्रमुख बिमलराज खनाल लघुवित्त सुपरिवेक्षण विभागमा सरुवा भएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स