काठमाडौं । सरकारको नीति तथा कार्यक्रम यहि वैशाख ३० गते सार्वजनिक हुने भएको छ । सरकारबाट २८ गते बजेट अघिवेशन सुरु गर्नेगरि सिफारिस भैसकेको छ। अधिवेशन सुरु भएको दुई दिन पछि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले नीति तथा कार्यक्रमको तयारी अवस्थामा राखेको छ । जस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा सार्वजनिक गर्नेछन् ।
प्रधानमन्त्री कार्यालयले तयार गरेको नीति तथा कार्यक्रममा यो वर्ष केहि ‘गेमचेन्जर’ योजनाहरु समेत समावेश छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार सरकारले ठूला योजना र राष्ट्रलाई प्रत्यक्ष लाभ हुने योजनालाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेतबरु बजेटमा दायित्व बढोस् तर गमेचेन्चर योजनाहरु समावेश हुनु पर्ने मनसाय राखेका छन् । सोहि अनुसार विभिन्न मन्त्रालय तथा निकायबाट आएका कार्यक्रमहरुमा प्रधानमन्त्री कार्यालयले केहि संशोधन गरेर फाइनल गरेको हो ।
जस अनुसार केहि महत्वपूर्ण योजनाहरु घोषणा हुने भएको हो ।