डिशहोमले आउँदो टी २० र यूरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड शो गर्दै

काठमाडौं । २०८१ साल वैशाख २५ गतेबाट सुरु भई रहेको रेडियो अन-व्हील्स रोड शो कार्यक्रम सँगको सहकार्यमा डिशहोम फाईवरनेटले पनि आफ्नो सेवा/सुविधाहरुको प्रचार/प्रसार गर्ने भएको छ ।

यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोताको भुमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिनेछन् ।

अन्य थप रोमान्चाक गतिविधीहरु हुनेछन् जहाँ सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कारहरु पनि जित्न सक्नेछन । यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन व्हिल वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भइ समापन हुनेछ।

कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ। डीशहोमले आउँदो टी२० र यूरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड शो गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स