सर्वोत्तम सिमेन्टको नाफा १२ करोड ७ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १२ करोड ७ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलानामा ३२.३० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ९ करोड १२ लाख खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २५.१६ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड पुगेको छ । कम्पनीको अन्य शीर्षकको आम्दानी ७४०.१६ प्रतिशतले बढेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानी भने घटेको छ । कम्पनीको खुद आम्दानीमा २.०५ प्रतिशतले घटेको छ । कम्पनीले अन्य आम्दानी ३ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको कुल खर्च ४.७६ प्रतिशतले बढेर ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । कम्पनीको अन्य इक्विटी शीर्षकमा ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ अल्पकालिन र १५ करोड २५ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब १७ करोड र कुल चालु दायित्व ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३.४६ रुपैयाँ पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ २१२.७३ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स