वागमती प्रदेशले भोलि सार्वजनिक बिदा दिने

काठमाडौं । वागमती प्रदेशले भोलि सार्वजनिक बिदा दिएको छ । वागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते वागमती प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वागमती प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही वैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले भोलि बिदा दिने निर्णय गरेको हो ।

वागमती प्रदेशले दिवसको रुपमा मनाउने निर्णय सँगै यस खुसीयालीमा बसन्तपुरमा ‘वागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह’ को आयोजना गर्ने तयारी गरेको छ ।

यसरी हुन गईरहेको ऐतिहासिक ‘वागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा कार्यक्रम’ को महत्व विशेष हुने भएकोले सम्बन्धीत सम्पूर्ण महानुभाव, संघ–संस्था प्रतिनिधीहरुले आ–आफ्नो ठाउँबाट व्यापक प्रचार प्रसार सहभागी हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स