काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा नियुक्त भएका छन् ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागमा कार्यरत महानिर्देशक चक्रबहादुर बुढालाई यही वैशाख १४ गते प्रधानमन्त्री कार्यालयमा भित्र्याइएको थियो।
हाल उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त गरिएको हो ।
यसअघि विभागको महानिर्देशकमा नवराज ढुंगाना कार्यरत थिए। हाल ढुंगानालाई प्रधानमन्त्रीको कार्यालय पठाइएको छ।
विभागले कोटिभीटी कम्पनीको राजस्व चुवहाट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढुंगाना विवादित भएका थिए।