बस रिर्जभ गरेर आएका अज्ञात समूहले गरे सीजी फुड पार्कमा आक्रमण, १७ महिला र ५ पुरुष पक्राउ

काठमाडों । चौधरी ग्रुप (सीजी) द्वारा ललितपुर भैंसेपाटीमा सञ्चालित सीजी फुड पार्कमा अज्ञात समूहले आक्रमण गरेको छ ।

आज अपराह्न ३ बजे बा ४ ख १०८५ नम्बरको बसमा आएको अज्ञात समूहले सीजी फुड पार्कमा तोडफोड गरेका हुन् ।

तोडफोड गर्ने १७ महिला र ५ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरीले बस चालक र सहचालकलाई समेत पक्राउ गरेको छ ।

उनीहरुले पार्कमा कार्यरत कर्मचारीमाथि हातपात तथा भौतिक सम्पत्ति तोडफोड गरेको सीजीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स