काठमाडों । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार एक सय रुपैयाँ दरको नोटको अग्र भागमा रहने गरेको नेपालको नक्साको स्थानमा नेपालको नयाँ नक्सा राखेर नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको जानकारी दिइन्।
योसँगै, अब एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा अर्थात् चुच्चे नक्सा राखिने छ ।