हिमालयन डिष्टिलरीको नाफा ६३.५१ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको ९ महिनासम्ममा कम्पनीले २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिकोृ तुलानामा ६३.५१ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीले २ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको तुलानामा ३९.५५ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको थियो ।

कम्पनकिो सञ्चालन आम्दानी घट्दा नाफामा असर परेको हो ।

समिक्षा अवधिमा २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५२ करोड ८२ लाख रुपैयाँ जम्मा रहेको छ । यो गत वर्षको भन्दा ३७.१० प्रतिशतले कम हो ।

कम्पनीको खुद बिक्री आम्दानी पनि ४१.४४ प्रतिशतले घटेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको कर्मचारी खर्च १३ करोड २ लाख,प्रशासनिक तथा अन्य खर्च ५ करोड १ लाख र बिक्री तथा वितरण खर्च ३४ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भको आकार ३७.१० प्रतिशतले घटेर ५२ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ९७ करोड र कुल चालु दायित्व ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.५० रुपैयाँ कायम भएको छ । यो गत वर्षको तुलनामा १८.२७ रुपैयाँले कम हो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११९.७४ रुपैयाँ रहेको छ । कम्पनीले पुँजी अनुसारको व्यापार वृद्धि गर्न नसक्दा प्रतिसेयर आम्दानी घटेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स