तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पुँजीगत खर्च शून्य

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पुँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक (माघ–चैत) का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६.९० प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२.६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा शून्य खर्च भएको मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षमा चालुतर्फ ३७.४६ प्रतिशत र पुँजीगततर्फ ०.१४ प्रतिशत गरी जम्मा खर्च ४२.६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको यस आर्थिक वर्षको चालुतर्फ ६३ करोड ५३ लाख र पुँजीगततर्फ ११ करोड ४३ लाख गरी कूल ७४ करोड ९७ लाख रहेको छ । मन्त्रालयको चालु आर्थिक वर्षको वैदेशिक अनुदान दुई ५३ करोड ७६ लाख (४.४७ प्रतिशत) र वैदेशिक अनुदान चार अर्ब ९४ करोड दुई लाख (८.६९ प्रतिशत) रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स