नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, ४९ रूपैयाँमा १ एमबीपीएस अनलिमिटेड डेटा र १०० मिनेट भ्वाइस सेवा

काठमाडौं । आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ (नेशनल आईसीटी डे २०२४)को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘आईसीटी डे अफर’ उपलब्ध गराउने भएको छ ।

सो अफर भोलि (२०८१ वैशाख १९) देखि प्रारम्भ हुनेछ र आगामी २०८१ वैशाख २१ सम्म लागू हुनेछ ।

यस अफरअन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डेटा प्याकेज अन्तर्गत १११ रूपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डेटा, १९९ रूपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, २९९ रूपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डेटा र ३९९ रूपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत ७८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुनेछ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

आगामी वैशाख १९ देखि २१ गतेसम्म आफ्नो मोबाइल बाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी यीप् याकेजहरु खरिद गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स