काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा एनआईएमबी एस क्याप्टिल लिमिटेडलाई नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्त सम्झौतामा क्रेस्ट माइक्रो लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआईएमबी एस क्याप्टिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।
कम्पनीले आफ्नो प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण सेयर निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको हो ।