भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले भोलि वैशाख १९ गते विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक बिदा हुन्छ भने कतिपय देशहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही देशहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ।

भोलि सार्वजनिक बिदाका कारण सरकारी कार्यालय, बैंक, सेयर बजार, शैक्षिक संस्था लगायतका अन्य कार्यालयहरु बन्द रहने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स