काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बीमा कम्पनीहरूको बीमाको दायरामा आएको जनसंख्या ४३.३२ प्रतिशत पुगेको छ । चालु आवको (साउनदेखि चैत) अन्त्यसम्म बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादि, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेखा बाहेक) १७.२४ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बीमकहरूको बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादि, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेखा सहित) ३६.६५ प्रतिशत पुगेको छ ।
बीमा कम्पनीहरूको कर्मचारी संख्या ११ हजार ५६९ जना पुगेको छ । जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूको कर्मचारी संख्या ५ हजार ७९४ पुगेको छ भने समिक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको कर्मचारी संख्या ५ हजार ७७५ पुगेको हो । कम्पनीको कर्मचारी संख्या ३.५५ प्रतिशत प्ररिवर्तन भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको (साउनदेखि चैत) महिनाको अन्त्यसम्मै बीमकहरूको कार्यालय २ हजार ९३६ ओटा पुगेको छ । जीवन बीमा कम्पनीहरूको चैत महिनामा मात्रै दुई हजार १४० कार्यलय पुगेको छ भने नर्जीवन बीमा कम्पनीको कार्यालय १ हजार १४ ओटा पुगेको छ ।
चैत अन्त्यसम्म कुल जीवन बीमालेखा (२.११) परिर्वतन भएको छ । कम्पनीको चैत महिनामा मात्रै १ करोड ४१ लाख ६५ हजार ९९८ पुगेको छ । निर्जीवन बीमालेखा ४.४३ परिर्वतन भएको देखिन्छ । कम्पनीको चैत अन्त्यसम्म २२ लाख ६२ हजार ३२६ बीमालेखा संख्या पुगेको छ ।
त्यसैगरी जीवन बीमा लेखा संख्या (म्यादि, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेखा बाहेक) (०.१७) परिवर्तन भएको छ । समिक्षा अवधिमा म्यादि र लघु म्यादि जीवन बीमालेखा संख्या (१२.२४) परिवर्तन भएको छ भने वैदेशिक रोजगार बीमालेखा संख्या ३९.९९ परिवर्तन भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूको बीमा शुल्क ४.१३ परिवर्तन भएको हो । जस्मा जीवन बीमा शुल्क ५.१८ परिवर्तन भएको छ भने बीमकहरूले चैत महिनामा मात्रै १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । प्रथम बीमा २.५५ परिवर्तन छ भने नवीकरण बीमा व्यवसाय ५.८४ परिवर्तन भएको हो । सो अवधिमा जीवन बीमा शुल्क ५.१८ परिवर्तन हुँदा निर्जीवन बीमा शुल्क ०.४६ परिवर्तन भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।