काठमाडौं । बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाकोलागि समझदारीमा हस्ताक्षर भएको छ।
डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाकोलागि दई पक्षिय सम्झौता भएको हो।
बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
डेटा सेन्टर स्थापनाकोलागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपी लगानी सम्मेलनमा यस विषयमा खुलाइएको छैन।