डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल, भरतराज खरेल, भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टेलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स