काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा अधिकांश वाणिज्य बैंकहरुको प्रतिफल (रिर्टन अफ इक्विटी) ‘आरओई’ घटेको छ । चालु आवको ९ महिनासम्ममा २० वटा वाणिज्य बैंकहरुमध्ये ४ वटा बैंकको आरओई बढेको छ भने १६ वटा बैंकको घटेको छ ।
सबैभन्दा बढी प्रतिफल दिने बैंकमा स्ट्यान्डर्ड चाटर्ड बैंक रहेको छ । बैंकको चालु आवमा आरओई घटेपनि प्रतिफल क्षमता भने बढी रहेको छ । बैंकको चैत मसान्तसम्ममा आरओई १९.११ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको आरओई २१.१२ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा २.०१ प्रतिशतले कम हो ।
समीक्षा अवधिमा एभरेष्ट बैंकको आरओई १४.५९ प्रतिशत रहेको छ । यो गत आवको तुलानामा ०.७१ प्रतिशतले कम हो । गत वर्ष बैंकको आरओई १५.३१ प्रतिशत रहेको थियो ।
प्राइम बैंकको आरओई १४.३० प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई १२.७२ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा १.५८ प्रतिशतले बढी हो ।
नबिल बैंकको आरओई १२.१६ प्रतिशत रहेको छ । गत वर्ष बैंंकको आरओई १३.९८ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा १.८२ प्रतिशतले कम हो ।
एनएमबी बैंकको आरओई ११.३४ प्रतिशत रहेको छ । यो गत आवको तुलानामा २.९७ प्रतिशतले कम हो । गत वर्ष बैंकको आरओई १४.३२ प्रतिशत रहेको थियो ।
सानिमा बैंकको आरओई १०.४५ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई १३.७८ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा ३.३३ प्रतिशतले कम हो ।
सिद्वार्थ बैंकको आरओई ९.२४ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई ९.३३ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा ०.०८ प्रतिशतले कम हो ।
एनआईसी एसिया बैंकको आरओई ८.९७ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई २१.८४ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा १२.८६ प्रतिशतले कम हो ।
नेपाल एसबीआई बैंकको आरओई ८.९७ प्रतिशत रहेको छ । गत वर्ष बेंकको आरओई १४.९३ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा ५.९६ प्रतिशतले कम हो ।
कृषि विकास बैंक रहेको छ । चालु आवमा बेंकको आरओई ८.२३ प्रतिशत रहेको छ । गत वर्ष बेंकको आरओई ४.४४ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा ३.७९ प्रतिशतले बढी हो ।
हिमालयन बैंकको आरओई ७.८१ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई ७.३० प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा ०.५० प्रतिशतले बढी हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको आरओई ७.९३ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई ७.६१ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा ०.३२ प्रतिशतले बढी हो ।
सिटिजन्स बैंकको आरओई ८.१२ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई ८.७५ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा ०.६३ प्रतिशतले कम हो ।
ग्लोबल आईएमई बेंकको आरओई ८.१२ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई ११.४१ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा ३.२९ प्रतिशतले कम हो ।
प्रभु बैंकको आरओई ७.६९ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई ८.३१ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा ०.६२ प्रतिशतले कम हो ।
माछापुच्छ्रे बैंकको आरओई ७.१८ प्रतिशत रहेको छ । यो गत आवको तुलानामा ५.३८ प्रतिशतले कम हो । गत वर्ष बैंकको आरओई १२.५६ प्रतिशत रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको आरओई ६.२८ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई १५.२१ प्रतिशत रहेको थियो । यो गत आवको तुलनामा ८.९३ प्रतिशतले कम हो ।
लक्ष्मी बैंकको आरओई ५.७० प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई १०.१५ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा ४.४५ प्रतिशतले कम हो ।
कुमारी बैंकको आरओई ४.०७ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आरओई ७.०१ प्रतिशत रहेको थियो । यो गत आवको तुलानामा २.९४ प्रतिशतले कम हो ।
त्यस्तै, नेपाल बैंकको आरओई ०.४९ प्रतिशत रहेको छ । यो गत आवको तुलानामा ६.६२ प्रतिशतले कम हो । गत वर्ष बैंकको आरओई ७.११ प्रतिशत रहेको थियो ।
के हो आरओई ?
इक्विटीमा प्रतिफल वा रिटर्न अन इक्विटी (आरओई) लाई वारेन बफेटलगायत अधिकांश ठूला लगानीकर्ताहरूले ठूलो महत्त्व दिने गरेका छन् । आरओईले सेयर लगानीबाट लगानीकर्ताले कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने विषयको जानकारी गराउँछ ।
कुनै कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ कि छैन भन्ने थाहा पाउन भ्याल्यू इन्भेष्टरहरुले आरओई विश्लेषण गर्दछन् । कुल सम्पति (एसेट्स) बाट दायित्व (लायबिलिटिज) घटाउँदा इक्विटी प्राप्त हुन्छ । गणितीय हिसाबमा, खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आरओई प्राप्त हुन्छ । आरओईले कम्पनीको नाफा गर्नसक्ने क्षमता र कति प्रभावकारी रूपमा नाफा उत्पन्न गर्छ भन्ने मापन गर्ने साधन हो । धेरै आरओई भएका कम्पनीहरू लगानीका लागि राम्रो मानिन्छन् ।
आरओई जति धेरै छ त्यति नै उक्त कम्पनी आफ्नो इक्विटी फाइनान्सिङलाई नाफामा रुपान्तरण गर्नमा सक्षम छ भन्ने बुझिन्छ । आररोई तुलना गर्दा एउटै सेक्टरका कम्पनीहरूबीच तुलना गर्नु पर्दछ । सेक्टरको औसत आरओई भन्दा माथि रहेका कम्पनीहरु लगानीका लागि छनोट गर्नु राम्रो मानिन्छ ।