अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई

काठमाडौं । मधु कुमार मरासिनी अर्थ मन्त्रालयको सचिवमा सरुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

उनलाई विशेष अदालतले सफाइ दिएपछि मन्त्रिपरिषदले अर्थसचिवको जिम्मेवारी दिएको हो।

मरासिनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव थिए।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स