के हेर्दैछ बीमा प्राधिकरण ? ११ कम्पनीले पुर्याएनन् चुक्ता पुँजी

काठमाडौं । बीमा कम्पनीहरुले समेत तोकिएको चुक्ता पुँजी पुर्याएका छैनन् । नेपाल बीमा प्राधिकरणले गत वर्ष चैतमा नै मिति तोकेर चुक्ता पुँजी बढाउन निर्देशन दिए पनि अहिले सम्म ठूला बीमा कम्पनीहरूले नै चुक्ता पुँजी नपुर्याएको पाइएको छ ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन अन्त्यसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरू मध्ये तीन ओटा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स, हिमालाइन लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले नियामन निकायले तोके बमोजिमको न्यूनतम पुँजी कायम गरेका छन् । अन्य ११ कम्पनीले प्राधिकरणले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।

जीवन बीमा व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्सको चुक्त पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ पुगेको छ । सो कम्पनी २०४४ साल पुष २३ गते दर्ता भएको हो ।

चुक्ता पुँजी पुर्याउन नसकेका अधिकांश बीमा कम्पनीहरूले प्रिमियमका सेयर बिक्री गरेर अर्थात बोनस सेयरबाट पुँजी पुर्याउने तयारी गरिरहेका छन् । प्राधिकरणले पनि पुँजी नपुर्याउने बीमा कम्पनीहरूलाई राष्ट्र बैंकले गरेको गल्ती जस्तै गरि राइट सेयर निष्काशन गरेर भएपनि पुँजी पुर्याउन सहयोग गर्ने भएको छ । यसरी पुँजी पुर्याउन दिँदा राइट सेयर निष्काशन गर्न दिँदा राष्ट्र बैंकको पनि उद्देश्य अनुरुप काम हुन सकेन । बीमा कम्पनीको पनि त्यहि हालत हुन बेर लाग्दैन ।

आर्थिक वर्ष २०६५ साल वैशाख २४ गते दर्ता भएको हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ पुगेको छ । नेशलन लाइफ इन्स्योरेन्सले पनि प्राधिकरणको निर्देशन अनुसार चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

जीवन बीमा व्यवसाय गर्ने राष्ट्रिय जीवन बीमा कम्पनीले प्राधिकरणले तोकेको नियम पालना गर्न सकेको छैन् । कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ पुगेको छ ।

हालसम्म एशियन लाइफ इन्स्योरेन्सको चुक्त पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सो कम्पनीको चुक्त पुँजी प्राधिकरणले तोकिएको नियममा लागु हुन सकेको छैन् । एशियन लाइफले पनि ४२ प्रतिशत राइट सेयर दिएर पुँजी पुर्याउने योजना बनाएको छ ।

सूर्य ज्योति लाइफ इन्स्योरेन्सको चुक्त पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले राइट सेयर दिएर पुँजी पुर्याउने भएको छ ।

त्यसैगरी समिक्षा अवधिमा जीवन बीमा व्यवसाय गर्ने आइएमई लाइफ इन्स्योरेन्सको चुक्त पुँजी ४ अर्ब रुपैयाँ पुगेको छ । आईएमई लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने र बोृनस सेयरबाट पुँजी पुर्याउन खोजिरहेको छ ।
वि.स. २०७४ साल साउन १८ गते दर्ता भएको सन नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने र बोनस सेयरबाट पुँजी पुर्याउने तयारी गरिरहेको छ ।

त्यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चुक्त पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । रिलायबल इन्स्योरेन्सले पनि प्रिमियम र बोनस सेयरबाट चुक्ता पुँजी पुर्याउने भएको छ ।

हालसम्म सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुगेको छ । सानिमा रिलायन्सले पनि २५ प्रतिशत राइट सेयर निष्काशन गर्नको लागि प्राधिकरणमा आवेदन दिइसकेको छ ।

जीवन बीमा व्यवसाय गर्ने सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले पनि प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने र बोनस सेयरबाट चुक्ता पुँजी पुर्याउने भएको छ ।

त्यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्त पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुगेको छ । प्रभु महालक्ष्मीले अन्य कम्पनीमा रहेको सेयर बिक्री गर्ने र राइट सेयरबाट पुँजी पुर्याउने तयारी गरिरहेको छ ।

मेट लाइफ इन्स्योरेन्स अमेरिकन कम्पनी भएकाले चुक्ता पुँजी त्यति आवश्यक ठानेको छैन । किनकी यो कम्पनी विदेशी कम्पनीको शाखा कार्यालय हो ।

लाइफ इन्स्योरेन्स कर्पाेरेशनको चुक्त पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । २०५८ साल साउन २३ गते सञ्चालमा भएको लाइफ इन्स्योरेन्स नेपाल भारतीय कम्पनी हो । उक्त कम्पनीले ८० प्रतिशत राइट सेयर दिने भएको छ । यो कम्पनी विदेशी कम्पनीको शाखा भएकोले पुँजी पुर्याउनु पर्ने बाध्यता नभएपनि कम्पनीले ८० प्रतिशत राइट सेयर दिने तयारी गरिरहेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी सरकारी कम्पनी भएकोले यो कम्पनीको पुँजीका लागि सरकारले यथोचित निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स