काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ६७ अर्बको आयात भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १२ खर्ब १ अर्बको आयातत भएको थियो । गत आर्थिक वर्ष भन्दा चालु वर्षमा २.८४ प्रतिशत कम आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
चालु वर्षको आयातबाट ३ खर्ब ६ अर्ब ८० करोड भन्सार महसुल संकलन भएको छ । यो गतवर्ष सोहि अवधिको तुलनामा ३० अर्ब ७४ करोड बढी राजस्व असुल भएको हो।
सबैभन्दा धेरै राजस्व डिजेलबाट ३९ अर्ब ९८ करोड महसुल संकलन भएको छ । दोस्रोमा पेट्रोलबाट २८ अर्ब ९५ करोड संकलन भएको छ । यस्तै, तेस्रो धेरै राजस्व तिर्नेमा एलपीजी ग्यास रहेको छ ।
चौथो धेरै राजस्व संकलनमा पेट्रोलियम गाडी रहेको छ । साउनदेखि चैत महिनासम्म गाडीबाट ५ अर्ब ५५ करोड संकलन भएको छ भने विद्युतिय गाडी धेरै राजस्व तिर्नेको पाँचौ नम्बरमा परेको छ । यो अवधिमा इलेक्ट्रिक गाडी आयातबाट ५ अर्ब १७ करोड भन्दा धेरै राजस्व संकलन भएको छ ।
चालु वर्षको नौ महिनामा निर्यात ३.६६ प्रतशतले गिरावट आइको छ । चालु वर्षको ९ महिनामा १ खर्ब १३ अर्ब ९४ करोडको निर्यात भएको छ । गत आवको समीक्षा अवधिमा १ खर्ब १८ अर्ब २७ करोडको निर्यात भएको थियो ।
यो अवधिमा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ । गत आवको यसै अवधिमा यस्तो घाटा १० खर्ब ८३ अर्ब २२ करोड पुगिसकेको थियो ।