काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानीतर्फ ६ हजार १२८ वटा उद्योगहरू दर्ता भएको छन् । उद्योग विभागका प्रत्यक्षन वैदेशिक लगानीतर्फ दर्ता भएका उद्योगमा ४ खर्ब ८० अर्ब रुपैयाँ लगानी प्रतिवद्धता भएकोहो ।
चैत महिनामा मात्रै प्रत्यक्ष वैदेशिक लगानीमा १६ ओटा उद्योग दर्ता भएका छन् । सो उद्योगमा ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता भएको उद्योग विभागको तथ्यांकमा उल्लेख गरिएको छ । साउनदेखि चैतसमम्म २६९ उद्योग दर्ता भएका छन् ।
चैत महिनामा मात्रै वैदेशिक लगानीमा १६ ओटा उद्योगमा ९६ करोड ५० लाख रुपैयाँ लगानी भएको उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
हालसम्म दर्ता भएको उद्योगहरूमा ३ लाख २२ हजार ९३१ जनाले रोजगारी पाउने प्रतिवद्धता गरिएको उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।