भोलि सार्वजनिक बिदा, सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहने

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

सरकारले भोलि वैशाख ५ गते राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ ।

सार्वजनिक बिदा भएकाले भोलि बुधबार सेयर बजार बन्द हुने भएको छ । उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स